Sajhamanch Archive

इलाममा क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

Published: in समाज, स्वास्थ्य by .

इलाम । इलामको क्वरेण्टीनमा रहँदा ज्यान गुमाएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वरेण्टीनमा ज्यान गुमाएका युवकको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । ती युवकको आइतबार राति ११ बजे ज्यान गएको थियो ।

भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए । रिपोर्ट नेगेटिभ आएकाले नगरवासीलाई त्रसित नहुन नगरपालिकाले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *