Sajhamanch Archive

शिवसताक्षीमा पनि समुदायमा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षीमा समुदायमा कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ का विद्युतका दुई जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएसँगै समुदायमा फैलिएको पुष्टि भएको हो ।

विद्युत प्राधिकरणमा दमकका ५ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङमा शिवसताक्षी – ४, ब्लुचोक  विद्युत सबस्टेसनका दुई कर्मचारी पिसिआर परीक्षण गर्दा कोराना भाइरस पोजेटिभ देखिएको शिवसताक्षीका क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए ।

उनीहरुलाई मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा पठाउने तयारी भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

 उनीहरुको कन्ट्रयाक ट्रेसिङ सुरु गरेको नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *