Sajhamanch Archive

नेकपा कार्यदलको बैठक जारी

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न सुझाव दिन गठित कार्यदलको छलफल जारी रहेको छ ।

पार्टीका महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक पार्टी कार्यालय धुम्बाराहीमा जारी रहेको र विवाद समाधानका विभिन्न विकल्पमाथि छलफल भइरहेको स्रोतले जानकारी दियो ।

कार्यदलमा पूर्वमाओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन् । ओली समूहबाट पौडेलका अतिरिक्त शङकर पोखरेल छन् ।

पहिलो चरणमा सदस्यहरूबाट आएको सुझावलाई एकत्रित गर्ने र तिनै सुझावका आधारमा प्रतिवेदन तयार पारिने कार्यदलमा रहेका एक सदस्यले जानकारी दिए ।

कार्यदलको यो तेस्रो दिनको छलफल हो । सोमबार बसेको पार्टी सचिवालयको बैठकले कार्यदललाई वैधानिकता दिई अनुमोदनसमेत गरेकाले शीघ्र निष्कर्षमा पुग्ने ती सदस्यको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *