Sajhamanch Archive

अभिभावकको विवादमा बालबालिका प्रयोग नगर्न स्थानीय बासीको आग्रह

Published: (Updated: ) in विविधा, समाज, by .

भद्रपुर । पारिवारिक विवादमा बालबालिका प्रयोग गर्ने प्रवृत्तिले समाजमा विकृती ल्याउने भन्दै भद्रपुर १ सयपत्री टोल सिङ्ग्रीमारीका स्थानीयले आक्रोस पोखेका छन् ।

परिवारभित्रका आफन्त बीच आर्थिक लेनदेन विवाद बढ्दै जाँदा ९ वर्षीया बालिका करणीको आरोपमा १६ वर्षीय बालक फसाउँन खोज्दा समाज विकृत भएको भन्दै स्थानीयले आक्रोस पोखेका हुन् । स्थानीयले अभिभावक बीच बिमती भए आपसै कलह गर्दा फरक नपर्ने तर बाल बालिकालाई प्रयोग गरेर एकले अर्काको शेखी झाने प्रवृत्ति अन्त्य हुनु पर्ने स्थानीयको भनाइ छ ।

सोही टोलका छिमेकी समेत रहेका सिलवाल थरका १६ वर्षीय बालकले भट्टराई थरकी ९ वर्षीया बालिकालाई ८ महिना अगाडि जवरजस्तीकरणी गरेको आरोप लगाएर भदौ १ गते जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएपछि आरोपी बालकलाई नियन्त्रणमा राखेर प्रहरीले अनुसन्धान थालेको छ । जवरजस्ती करणी मुद्धा दर्ताका लागि प्रहरीले मंगलवार बिहानैदेखि स्थानीय मुचुल्का तयार गरेर सर्जिमिन गर्न थालेको प्रयास दिनभर सफल हुन सकेन । स्थानीयले कसुर नगरेका बालकलाई फसाउन खोजिएको भन्दै प्रहरीको अभियानलाई असफल बनाइदिएका हुन् ।

आरोप लगाउने भट्टराई परिवार सिलवाल परिवारको मावली हुन् । पिडक भनिएका बालक सहोदर फुपुका छोरा दाजु हुन् भने पिडित भनिएकी बालिका मामाकी छोरी बहिनी हुन् । घर भित्रकै नाता रहेका सिलवाल र भट्टराई परिवार बीच केही वर्षयता आर्थिक लेनदेन विवाद भएका कारण सहज सम्बन्ध भने नरहेको स्थानीय जीवन बास्तोलाको भनाइ छ ।

आरोपी बालकका छिमेकी कमलप्रसाद शिवाकोटीका अनुसार करणी आरोप लगाउने बालिकाका बुबा साउन ३२ गते दिउँसो सिलवालको घरमा १५००।— (एक हजार पाँचसय रूपैया) सापटी माग्न आएका थिए तर सिलवाल परिवारले विगतमा लिएको रकम अहिलेसम्म नतिरेको भन्दै पैसा नदिइ फर्काएका थिए । विगतको कुरा उठाएर सामान्य मनमुटाव भएपछि निस्किएका भट्टराईले गत पौषमा छोरी बलत्कृत भएको आरोप लगाएर प्रहरीमा उजुरी दिएको शिवाकोटीले बताए ।

बालकका काका मदन सिलवाल आफ्नो भतिजो आरोप लाग्ने अवस्थाको बैमान नरहेको दाबी गर्दै पुरानो आर्थिक लेनदेन विवादमा नाबालिका छोरी प्रयोग गरेर भट्टराइले सामाजिक विकृति सिर्जना गरेको आरोप लगाए ।

साविकको पृथ्वीनगर १ हाल भद्रपुर १ मा पर्ने सयपत्री टोल भित्र रहेको सिङ्ग्रीमारी बस्तीमा २५० घरधुरी तथा एक हजार जनसंख्या रहेको छ । सो टोलका सम्पूर्ण स्थानीयले भट्टराई परिवारले झुटो काम गरेको आरोप लगाउँदै बालिकाको पक्षमा सर्जिमिन गर्न नमानेपछि वडा नम्वर १ का अध्यक्ष दशरथ प्रधान सहित वडा सदस्यहरू, वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुख डम्बरबहादुर पुरी समेतको टोलीले छलफल गरेको भए पनि निकाश निस्कन सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *