Sajhamanch Archive

प्रदेश १ मा थपिए १४५ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा मंगलबार १४५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

मोरङमा १०८, झापामा २१, सुनसरीमा आठ, संखुवासभामा तीन, उदयपुरमा दुई, ओखलढुङगा,खोटाङ र पाँचथरका एक- एक जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ९६ जना संक्रमित थपिएका हुन् । जसमा ३१ महिला र ६५ पुरुष छन् ।

 त्यस्तै.प्रदेश १ बाट मंगलबार ३४ जना डिस्चार्ज भएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *