शिवसताक्षीमा आरडिटी टेष्ट सुरु, झरना प्राविको क्वारेन्टाइनलाई आइसोलेसन बनाउने
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीमा समुदायमा कोरोना देखिएपछि नगरपालिकाले आरडिटी टेष्ट सुरु गरेको छ । नगरपालिका क्षेत्रका बढी भीडभाड हुने क्षेत्रका स्थानीयलाई आरडिटी टेष्ट गर्न सुरु गरेको हो ।
शिवसताक्षी नगरपालिकाको वडा नं. १० स्थित धार्मिक तथा पर्यटकीय स्थल दोमुखामा पर्यटन समितिका अध्यक्ष तथा होटल व्यवसायी तथा जनसम्पर्कमा प्रत्यक्ष जोडिएका १५ जनाको आरडिटी टेष्ट गरिएको छ । मंगलबार माइधार चौकमा नगरका १ कर्मचारी तथा १ जना जनप्रतिनिधिसहित १२ जनाको टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको शिवसताक्षी स्वास्थ्य संयोजक हरी बिमलीले जानकारी दिए।
नगरमा कोरोना संक्रमणको जोखिम क्षेत्र दूधे, झिलझिले, डुडामारी, धरमपुर, चन्द्रडाँगी, शिवगञ्ज लगायतका १९ स्थानमा आरडिटी टेष्ट गरिने वडा नं. ९ का वडाध्यक्ष छविलाल पाठकले बताए । उनले समुदायमा गरिएको आरडिटी टेष्टमा पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गरिने समेत जानकारी दिए । नगरले तोकेको एक स्थानमा कम्तीमा १५ जनाको आरडिटी टेष्ट गरिने बताइएको छ ।
हिजो नगरपालिकाको बोर्ड बैठकले नगर भित्रका कोरोना संक्रमितको लागि आइसोलेसन तयार गर्ने भएको छ । नगरको झरना प्रा.वि.को क्वारेन्टाइनलाई ८ वेडको आइसोलेसन बनाउने नगरप्रवक्ता नविन इजमले जानकारी दिए ।
Comments