Sajhamanch Archive

मंगलबार रातिबाट संखुवासभामा  लकडाउन

Published: in विविधा by .

संखुवासभा । संखुवासभा जिल्लामा एक प्रहरीसहित तीन जनामा कोरोना संक्रमण देखिएपछि मंगलबार राति १२ बजेबाट लकडाउन गर्ने निर्णय गरिएको छ ।

मंगलबार बसेकोे जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले १० दिन लकडाउन गर्ने निर्णय गरेकोे प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए।

बैठकले जिल्लामा हुने सम्पूर्ण भेला, सभा, जुलुस, गोष्ठी, तालिम सेमिनारमाथि प्रतिबन्ध लगाएको छ भने दैनिक हुने नित्य पूजा बाहेकका सम्पुर्ण धार्मिक कार्यमा नगर्न भनेको छ। सम्पूर्ण होटल, रेस्टुराँ, सैलुन, ब्युटी पार्लर बन्द हुने जानकारी आचार्यले दिएका छन्।

सरकारी कार्यालयहरुले, सार्वजनिक संस्थाहरुले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र उपस्थिति भएरै सेवा प्रवाह गर्नुपर्ने भए भिडभाड नहुने गरी गर्नुपर्ने बैठकले निर्णय गरेको छ। अत्यावश्यक बाहेकका मात्र सवारी सञ्चालन गर्न पाईने आचार्यले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *