Sajhamanch Archive

प्रदेश १ मा थपिए १२३ जना नयाँ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा बुधबार १२३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा मात्र ५२ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३२ पुरुष र २० महिला छन् । मोरङको रंगेलीमा ५ महिला, ४ पुरुष, बुढीगंगामा एक महिला र एक पुरुष, कटहरीमा एक महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा एक -एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष र एक महिला, दुहवीमा ८ पुरुष र ३ महिला, बर्जुमा ४ पुरुष र एक महिला, इटहरीमा चार पुरुष, धरान र रामधुनीमा दुई- दुई पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, बिर्तामोड, कचनकवल र कमल गाउँपालिकामा एक -एक पुरुषको रिपोर्ट पाजेटिभ आएको छ । झापाका दुई र पाँचथरका एक पुरुषको स्थानीय तह नखुलेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमण पुष्टि भएकामा भारतका एक महिला र एक पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *