Sajhamanch Archive

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष तोक्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्लिसमा कार्यवाहक अध्यक्षका सम्बन्धमा गरेको सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सरकारले किशोर श्रेष्ठ कार्यवाहक अध्यक्ष रहेकोमा उनलाई हटाउँदै दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरिएको थियो ।

सो नियुक्ति रोक्न माग गर्दै चेतनाथ धमलाले सर्वोच्च‍मा रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरराज खतिवडाको एकल इजलाशले अन्तरिम आदेश जारी गर्दै भण्डारीलाई किन नियुक्ति गरिएको भन्नेबारे कारण देखाउ आदेश पनि जारी गरेको छ ।

सञ्‍चार मन्त्रालयले भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । सरकारले साउन २६ गते प्रेस काउन्सिल नियमावलीमा एउटा बुँदा संशोधन गरेर नयाँ कार्यवाहक अध्यक्ष नियुक्तिको बाटो खोलेको थियो । सर्वोच्चको आदेशपछि अब काउन्सिल कार्यवाहक अध्यक्षमा श्रेष्ठ कायम रहनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *