Sajhamanch Archive

धनकुटामा जारी निषेधाज्ञा एक साता थपियो

Published: in राष्ट्रिय समाचार, समाज by .

धनकुटा । धनकुटामा जारी निषेधाज्ञा भदौ ११ सम्म थपिएको छ। जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी)को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

डिसिसिएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले शहीदभूमि गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण देखिएको र उनको सम्पर्क व्यापक रुपमा रहेकाले समुदायस्तरमा नफैलिओस् भनेर निषेधाज्ञा गर्नु परेको बताए।

छिमेकी जिल्लाहरुमा पनि कोभिड १९ समुदायस्तरमा फैलिरहेकाले पनि निषेधाज्ञा लम्बाउनु परेको प्रजिअ विमलीले बताए। जिल्ला प्रशासन कार्यालयले यसअघि साउन २९ देखि भदौ ४ सम्म धनकुटामा निषेधाज्ञा जारी गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *