Sajhamanch Archive

नेपाल प्रहरीका ८ सय र सशस्त्रका ३४१ जनालाई कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपाल प्रहरी र सशस्‍त्रमा कोरोना संक्रमितको संख्या ११ सय ४१ पुगेको छ ।

मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संक्रमितको संख्या ११ सय नाघेको हो । नेपाल प्रहरीमा हाल ५०६ सक्रिय संक्रमित छन् भने सशस्त्र प्रहरीमा १८८ सक्रिय संक्रमित छन् ।

प्रहरीका २९४ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १५३ जना डिस्चार्ज भएका छन् ।

प्रहरी प्रधान कार्यालयकै १७२, काठमाडौं उपत्यकाका ६५, प्रदेश १ का २८, प्रदेश २ का ६५, वाग्मती प्रदेशका ४८, गण्डकी प्रदेशका ४२, प्रदेश ५ का ६५, कर्णाली प्रदेशका ११ र सुदूरपश्चिम प्रदेशका १० जना सक्रिय संक्रमित छन् ।

यस्तै, सशस्त्र प्रहरीतर्फ सक्रिय संक्रमितमा प्रदेश १ का ३१, प्रदेश २ का ४९, वाग्मती प्रदेशका ५२, प्रदेश ५ का ४१ र कर्णाली प्रदेशका तीन र उपत्यकामा १२ जना छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *