कनकाई नगरपालिकामा अनिश्चितकालका लागि लकडाउन
Published: (Updated: )
by .बिर्तामोड । कनकाई नगरपालिकाले लकडाउनलाई थप गरेको छ । नगरले भदौं ५ गतेसम्मलाई गरेको आंशिक लक डाउन थप गरी अनिश्चितकालिन बन्दको निर्णय गरेको हो ।
शुक्रबार नगरको बोर्ड बैठकले कोरोना संक्रमण फैलिरहेकोले थप सतर्कताका लागि अर्को सूचना नभएसम्म लकडाउनलाई थप गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार साप्ताहिक हाट बजार अनिश्चितकालिन बन्द गरिएको छ ।
अन्य व्यवसायिक क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु विहान १० देखि ३ बजेसम्मका लागि खुल्ला गर्ने निर्णय भएको न्यौपानेले जानकारी दिए । निश्चित समयका लागि खुल्ला गरिएका क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्न नगरपालिकाले आग्रह गरेको छ ।
कनकाई नगरपालिकाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिले नगरका कुनै पनि क्षेत्रमा भीडभाड नगर्न नागरिकहरुमा अपील गरेको छ ।
Comments