Sajhamanch Archive

तेह्रथुममा एक साता निषेधाज्ञा

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । एकैदिन नौ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन् ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्रथुममा सरकारी कर्मचारी, वकिललगायत नौ व्यक्तिमा सङ्क्रमण देखिएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले अत्यावश्यक सेवाअन्तर्गत खाद्यान्न तथा सब्जी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म सतर्कतापूर्वक खोल्न अनुमति दिएको छ भने अत्यावश्यक बाहेकका सवारीका साधन सञ्चालन र हिँडडुलमा रोक लगाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *