Sajhamanch Archive

क्‍वारेन्टिनमा रहेका व्यक्तिलाई अँगालो हालेको भन्दै एकजनालई जेल सजाय

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । न्युजिल्यान्डमा क्‍वारेन्टाइनको नियम उल्लंघन गरेको भन्दै ३३ वर्षीय पुरुषलाई ६ हप्ताका लागि जेल सजाय तोकिएको छ ।

यस महिनाको सुरुवातमा जेसी कोर्टनी वेल्स अस्ट्रेलियाबाट आएर अकल्यान्डस्थित क्‍वारेन्टिनमा रहेका आफ्नो साथीलाई भेट्‍न त्यहाँ पुगेका थिए ।

न्युजिल्यान्डको नियमानुसार कुनै आफन्त तथा साथीभाइलाई भेट्‍न क्‍वारेन्टिनमा जानु हुँदैन । न्युजिल्यान्डको एक अदालतका न्यायाधीशले क्‍वारेन्टिनमा जानु नै वेल्सको गल्ती भएको र क्‍वारेन्टिनमा पुगेर साथीलाई अँगालो हालेर थप ठूलो गल्ती भएको बताएका छन् ।

‘यो पारीवारिक मृत्यु वा अन्य कुनै कारणले गम्भीर तनावमा पर्ने व्यक्तिहरूको उदाहरण होइन । तपाईंलाई क्वारेन्टाइन नियमको बारेमा राम्ररी थाहा थियो र उनीसँग कुरा गर्दा मात्र चित्त बुझेन, तर उसलाई अंकमालसमेत गरेको छ,’ न्यायाधीशले भने ।

वेल्सका वकिलले आफ्ना ‘क्लाइन्ट’ ले गैरजिम्मेवार काम गरेको स्वीकार गर्दै ,वास्तविक गल्ती काम गरेको बताएका छन् ।

न्यूजील्यान्डले कडा सीमा प्रतिबन्ध र प्रारम्भिक लकडाउनपछि कोरोना भाइरस नियन्त्रणमा सफलता प्राप्त गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो ।

स्रोत : बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *