Sajhamanch Archive

दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुनसक्छ : डब्लूएचओ प्रमुख

Published: in विश्व समाचार by .

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोनम घेब्रेसियसले दुई वर्षभित्र कोरोनाभाइरसको महामारी अन्त्य हुने आशा व्यक्त गरेका छन् । शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा बोल्दै उनले सन् १९१८ को स्पेनिस फ्लु पनि दुई वर्ष भित्र नै अन्त्य भएको जिकिर गरे ।

तर, अहिलेको प्रविधिको विकासले विश्वले भाइरसलाई सो समयभन्दा चाँडो नै रोक्न सक्ने उनले आशा व्यक्त गरेका हुन् । ‘कनेक्टीभिटीका कारण भाइरस चाँडो फैलने सम्भावना पनि छ,’ उनले भने, ‘तर सँगै हामीसँग त्यसलाई रोक्ने प्रविधि र ज्ञान पनि छ । राष्ट्रिय एकता र वैश्विक ऐक्यभाव पनि ।’

सन् १९१८ को स्पेनिस फ्लुले ५ करोडको ज्यान लिएको थियो । कोरोनाभाइरसले हालसम्म ८ लाखको ज्यान लिइसकेको छ भने २ करोडभन्दा बढी संक्रमित भइसकेका छन् ।

स्रोत : बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *