Sajhamanch Archive

शिवसताक्षीमा थप एक जना कोरोना पोजेटिभ

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षीमा थप एक जना कोरोना संक्रमित पुष्टि भएको छ । शिवसताक्षी नगरपालिका ४ स्थित ब्लुचोक सव स्टेसनमा कार्यरत सेक्युरिटी गार्डमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

उनी शिवसताक्षी वडा नं. ७ लालझोडाका स्थानीय बासी हुन् । गएको २ गते कन्ट्रयाक ट्रेसिङका क्रममा दमकमा गरिएको स्वाव संकलनको रिर्पोट आज पोजेटिभ आएको नगर प्रवक्ता नविन इजमले जानकारी दिए । उनलाई नेपाल विद्युत प्राधिकरणले विराटनगरमा तयार गरेको आसोलेसनमा पठाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
हाल शिवसताक्षीको ७ लालझाडा एरिया सिल गरिएको प्रवक्ता इजमले जानकारी दिए ।

संक्रमितको सम्पर्कमा रहेकाहरुको खोजी कार्य सुरु गरिएको छ ।

यस अघि नेपाल विद्युत प्राधिकरणका दमक कर्मचारीलाई कोरोना देखिएपछि शिवसताक्षीका दुई जनामा कन्ट्रयाक ट्रेसिङको क्रममा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा उपचार भइरहेको छ । दुवै जनाको स्वास्थ्य सामान्य रहेको नगरपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *