Sajhamanch Archive

कचनकवल नाका हुँदै गाँजा ल्याउँदै गर्दा मिया पक्राउ

Published: in विविधा, समाज by .

भद्रपुर । दक्षिणी झापाको कचनकवल नाका हुँदै भारतबाट नेपालतर्फ गाँजा ल्याउदै गर्दा एक व्यक्ति पक्राउ परेका छन् ।

एक किलो गाजाा सहित पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ५ बस्ने ४० वर्षीय इभनी मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रवार साँझ भारतबाट नेपाल तर्फ लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा एक केजी. गाँजासहित कचनकवल गाउँपालिकाको फुलवारी स्कुल नजिकबाट मियालाई इलाका.प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पठामारीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागु औषध कारोवारी आरोपित मियालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको सूचना अधिकारी राकेश थापाले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *