Sajhamanch Archive

बलिउड यी सुपरस्टारका रोचक कहानी

Published: in गीत/संगीत/मनोरञ्जन by .

एजेन्सी । बलिउडमा केही यस्ता सुपरस्टारहरु छन् जसको कहानी कसैले सुनेका छैनन् । सुपरस्टारका रोचक कहानी कमैले सुनेका छन् ।

फिल्म ‘राफू चक्कर’

सन् १९७० मा माचो–हिरोको छविलाई फिल्म रफू चक्करबाट ऋषि कपूरको भूमिकाले चुनौती दिएको थियो । ऋषि कपूरले फिल्ममा लगभग ७० प्रतिशत भूमिका युवतीको कपडामा देखिएका थिए । उनी महिलाको पहिरनमा नै पुरुष शौचालय र कोठा प्रयोग गर्थे । उनले एकदिन महिलाको भेषमा पुरुष शौचालय पुगे । उनले त्यहाँ दुई विदेशी पुरुषलाई छक्याए । उनी ती पुरुषहरुको अगाडि लजाउँदै शौचालयबाट निस्किएर गए तब ती पुरुषहरु उनलाई खोज्दै आइपुगे पछि फिल्म शुटिङमा देखेपछि उनीहरु फर्किएका थिए ।

फिल्म ‘गुलाम’

अलग अभिनयबाट अलग पहिचान बनाएका आमिर खानले फिल्म गुलाममा सिद्धार्थ मराठेको भूमिका निभाएका थिए । यो फिल्मको रेलको दृश्यले निकै चर्चा पाएको थियो ।

यो दृश्य आमिर आफैले गर्ने निधो गरे । रेलको बत्ती बलिसकेपछि आमिर रेलको अगाडि बसे । रेल आमिरतिर आइसकेको थियो । आमिरले सोचेभन्दा तीव्र गतिमा आएको रेललाई जम्मा एक सेकेण्डमा उनले रेललाई छल्न सफल भएका थिए ।

फिल्म ‘मुन्ना भाई एमबीबीएस’

मुन्नाको भूमिकाका लागि शाहरुख खानलाई र सहायक अभिनेताको लागि संजय दत्तलाई लिइएको थियो तर शाहरुख खानले फिल्म नखेल्ने भएपछि संजय दत्त मुख्य भूमिकामा आए । जसले उनको भाग्य चम्कियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *