Sajhamanch Archive

निषेधाज्ञाका कारण देशभर रगतको अभाव

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस महामारीका कारण गरिएको निषेधाज्ञाको सिधा असर रक्त संकलन कार्यमा परेको छ । रगतको व्यवस्थापन गर्ने नेपाल रेडक्रस सोसाइटीले निषेधाज्ञाको समयमा रगतको माग पूरा गर्न नसकेको जनाएको हो ।

निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेकोले थप रगत संकलन हुन नसकेको र भएको स्टक पनि छिटै सकिने अवस्थामा रहेको रेडक्रस सोसाइटीले जनाएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार आज शनिवारको लागि बुक गरिएका क्याम्पहरु सबै स्थगित भएका छन् । उनका अनुसार बिहिबार ३२ जना दाताहरूले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत गर्न सकिएको तर थप ६१ जना रित्तोहात फर्किनुपरेको रेडक्रस सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटना, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेसन गर्नुपर्ने बिरामीहरूकालागि समेत रगतको अभाव भएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए ।

केन्द्रबाहेक पनि धरान, विराटनगर, चितवन लगायतका स्थानमा रगत अभाव भइरहेको नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए। ती क्षेत्रका अधिकांश भागमा निषेधाज्ञा भएको र वरपरका जिल्लाहरुबाट पहिलाजस्तो सहयोग हुन सक्ने परिस्थिति नरहेको समेत उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *