Sajhamanch Archive

भक्तजनले पाथिभरामा चढाए ६८ तोला सुन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दुई वर्षको अवधिमा भक्तजनले ६८ तोला सुन चढाएका छन्। यस्तै, २९ किलो चाँदी चढाएको सुनचाँदी व्यवस्थापन उपसमिति सदस्य गोपाल न्यौपानेले जानकारी दिए।

उक्त सुन र चाँदी २०७५ साउन १ देखि २०७७ साउनसम्मको अवधिमा चढाएका हुन्। सुन र चाँदी बिक्रीका लागि उपसमितिले सात दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।

उक्त निर्णय पाथीभरा भेटीपाती व्यवस्थापन समिति समक्ष पेश गरेपछि मात्र सूचना प्रकाशन गर्ने प्रावधान छ। जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा भेटीपाती व्यवस्थापन समिति गठन गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *