Sajhamanch Archive

भेन्टिलेटर नपाएपछि काठमाडौं लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा। सुनसरीको कोशी गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष हिरालाल यादवको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ ।

शनिबार हृदयघात भएका ४५ वर्षका यादवलाई भेन्टिलेटरको खोजीमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै बीएण्डसी अस्पताल बिर्तामोडसम्म पुर्‍याइएको थियो । तर समयमा भेन्टिलेटर नपाइएका कारण मृत्यु भएको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीले जानकारी दिए ।

‘धरानमा जाँच गराउँदा भेन्टिलेटर चाहिन्छ भन्यो’ अन्सारीले भने ‘धरानमा भेन्टिलेटर खाली थिएन, विराटनगरका अस्पतालले पनि छैन भनेपछि विर्तामोड पुर्‍याइयो । तर उपचार हुन पाएन ।’ धरानबाट एम्बुलेन्समा बिर्तामोड पुर्‍याइएका यादवको मुटुको भल्वमा ब्लक भएको देखिएपछि बीएण्डसीले सुविधासम्पन्न अस्पताल लैजान भन्यो । एन्जीओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र लैजान बीएण्डसीले सिफारिस गरेपछि काठमाडौं लैजाँदै गर्दा बाटैमा नै उनको मृत्यु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *