Sajhamanch Archive

बायर्न र पीएसजीमा कसले मार्ला बाजी

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल आइतबार राति हुँदैछ ।

नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुने खेलमा जर्मन जायन्ट बायर्न म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) बीच खेल हुनेछ । खेल पोर्चुगलको लिस्वनमा हुनेछ ।

बायर्न सेमिफाइनलमा लियोन र पीएसजी आरबी लाइपजिगलाई पराजित गर्दै फाइनल पुगेको हो । स्थापनाको ५० औं वर्ष मनाउँदै गरेको फ्रेन्च क्लब पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो । उता ५ पटकको च्याम्पियन बायर्न ११ औं पटक च्याम्पियन्स लिग फाइनल खेल्दैछ ।

बायर्नले पछिल्लो पटक २०१३ मा जर्मनीकै बोरुसिया डर्टमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । ७ वर्षपछि बायर्न च्याम्पियन्स लिगको फाइनल खेल्दैछ । त्यसअघि २०१० र २०१२ मा भने बायर्न फाइनलमा पराजित भएको थियो । बायर्नलाई फाइनल जित्दै लिभरपुलसमान ६ पटक उपाधि जित्ने अवसर छ । अहिलेसम्म स्पानिस जायन्ट रियल मड्रिडले सर्वाधिक १३ पटक च्याम्पियन्स लिग जितेको छ ।

यस्तै इटालियन क्लब एसी मिलानले ७ पटक जितेको छ । लिभरपुलले ६ तथा बायर्न र बार्सिलोनाले समान ५ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । पीएसजीलाई हराएमा बायर्न सर्वाधिक उपाधि जित्नेमा लिभरपुलसंगै तेस्रो स्थानमा रहनेछ । उता पहिलो पटक फाइनल पुगेको पीएसजी उपाधि जित्ने नयाँ टिम बन्ने लक्ष्यमा छ ।

बायर्न र पीएसजी बीचको खेललाई धेरैले प्रतिक्षा गरेका छन् । विश्वकै उत्कृष्ट अट्याक भएको दुई क्लबबीचको फाइनल खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *