Sajhamanch Archive

कमल गाउँपालिकामा थप तीनजना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य, by .

कमल । झापाको कमल गाउँपालिकामा तीन जनामा कोरोना पोजेटिभ देखिएको छ ।  कमल गाउँपालिका वडा नं.३ स्थित केर्खाबजारको समुदायमा कोभिड १९ पोजेटिभ देखिएका हो ।

गाउँपालिकाको वडा नं.३ मा स्थायी बसोवास गर्ने ५७ र ४० वर्षीय दुई पुरुष र २० वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित तीनै जनालाई भद्रपुर स्थित मेची अस्पतालको आइसोलेसनमा पठाइएको कमल गाउँपालिकाका स्वस्थ्य शाखाका अधिकृत ईन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

यस अघि केर्खा बजारका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्रयाक्ट ड्रेसिङबाट तीन जनामा संक्रमण भेटिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाको स्वास्थ्य शाखाले आज सम्ममा ५ सय २८ जनाको पिसिआर परिक्षण गरेको छ । यस अघि संक्रमित तीन जना कोरोना जितेर घर फर्की सकेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *