Sajhamanch Archive

गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन आग्रह

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

काठमाडौं । गैरआवासीय नेपाली संघले गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई नेपाल फर्कन सहज वातावरण मिलाउन आग्रह गरेका हुन् । पछिल्लोपटक सरकारले सर्तसहित विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर्ड उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।

सरकारले स्वदेश फिर्तीमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उनले बताए । नेपालमा आफन्तको काजकिरिया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीहरुलाई समेत आवश्यक भिसा, सुविधा उपलव्ध गराई नियमित उडानमार्फत नेपाल फर्किने वातावरण मिलाउन उनले आग्रह गरे ।

संघले सरकारले ससर्त खुला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारिक र व्यवस्थित गर्न पनि आग्रह गरेको छ । गैरआवासीय नेपाली संघका अनुसार मध्यपूर्वका देशमा अझै एक लाखभन्दा बढी नेपाली उद्धारको पर्खाइमा छन् । यसअघि विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको संघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *