Sajhamanch Archive

झापाका १० सहित प्रदेश १ मा थपिए ७० जना कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् ।

मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् ।

मोरङको बूढीगंगा ४ महिला, १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला, २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, बिर्तामोडमा २ महिला, कन्काईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष रहेका छन् ।

त्यस्तै,सुनसरीको इटहरीका १ महिला, ८ पुरुष र धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *