Sajhamanch Archive

कोरोना संक्रमणबाट झापाका एकसहित तीनजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरस (कोभिड- १९) को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १४९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेदर शून्य दशमलव ४७ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *