Sajhamanch Archive

कोरोना संक्रमित दुईजना थुनुवा अस्पतालबाटै फरार

Published: in समाज, स्वास्थ्य by .

पर्सा । कोरोना संक्रमित भई वीरगन्जको कोभिड अस्पतालमा उपचार गराइरहेका दुई थुनुवा अस्पतालबाट नै फरार भएका छन्।

नारायणी अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचार गराइरहेका दुई थुनुवा अस्पतालबाट गएराती फरार भएका हुन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए।

२०–२५ वर्ष उमेर समूहका दुई युवा आज बिहान २ बजे अस्पतालबाटै फरार भएको उनले बताए। वडा प्रहरी कार्यालय विर्ताको थुनुवा कक्षमा रहेका वीरगन्जको नगुवाका छोटु तिवारी र साविक सर्लाही घर भई हाल वीरगन्जमा नै बस्दै आएका रामु माझी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *