Sajhamanch Archive

सरकारले छलछाम गरे विरोधका कडा कार्यक्रम : डा. केसी

Published: in समाज by .

सम्झौतालाई मन्त्रिपरिषद्बाट अनुमोदन गराउनुपर्नेमा १३ दिन भइसक्दा पनि नगराएकाले तत्काल सो काम पूरा गर्न केसीले स्मरण गराएका छन् । पत्रकार सम्मेलनमा केसीले प्रधानमन्त्रीले अब अनशन बस्नु पर्दैन भनेको स्मरण गर्दै त्यो वातावरण बनाउन आग्रह गरेका छन् ।

सम्झौता कार्यान्वयनका लागि सरकारलाई आफूले १५ दिनको समय दिएको उनले बताए । सरकारले छलछाम गरे कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि डा. केसीले दिएका छन् ।

आफ्नो अनशनका क्रममा बिरामीलाई पर्न गएको असुविधाप्रति केसीले माफी पनि मागेका छन् । २७ दिनको अनशन र त्यसपछि पनि उपचारका क्रममा धेरै दिन बिरामीको सेवा गर्न नपाएको भन्दै केसी भावुक भए । “यो अनसन मेरा निम्ति बाध्यता थियो । यस अवधिभर बिरामीको सेवा गर्न नपाएकोमा क्षमा चाहन्छु,” उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *