Sajhamanch Archive

सुनसरीमा थपियो एक साता निषेधाज्ञा

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

सुनसरी । स्थानीय प्रशासनले सुनसरीमा एक साताका लागि निषेधाज्ञाको समय थपेको छ।

प्रशासनले यो भन्दा अगाडि आज राति १२:०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो तर कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिएर सङ्क्रमितको संख्या दैनिक रुपमा बढ्दै गएकाले निषेधाज्ञाको समय बढाउँदै भदौ १४ गते राति १२ बजेसम्म कायम रहने जनाएको हो।

प्रशासनका अनुसार निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै मानिसको हिँडडुल, पसल, हाटबजार, सवारी साधनलगायत बन्द रहने छन्। केही अत्यावश्यक सेवाका कार्यालयहरूमा स्वास्थ्य मन्त्रालयले तोकेको प्रोटोकल पालना हुने गरी थोरै कर्मचारी राखेर काम गर्न गराउन प्रशासनले निर्देशन दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *