Sajhamanch Archive

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार देशभर सामान्य बदलीको अवस्था रही प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै आज राति देशभर सामान्यत बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना विभागले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *