Sajhamanch Archive

‘अफेयर’ भन्दा पनि ‘ब्रेकअप’ पछि चर्चा पाएका बलिउडका यी जोडी

Published: in गीत/संगीत/मनोरञ्जन by .

मुम्बई । बलिउड फिल्ममा कयौं सुन्दर जोडी पर्दामा देख्न सकिन्छ । ति मध्ये केही जोडी पर्दामा मात्र होइन । रियल जीन्दगीमा पनि रिलेसनसिपमा रहेन गर्दछन् ।

निजी जीन्दगीमा यी कलाकारको रिलेसनसिप चल्न त केही समय राम्रो चल्ने गर्दछ । तर केही समयपछि ब्रेकअपमा पुगेर सकिन्छ । आज ति ७ जोडीको चर्चा गर्न खोजेका छौं । जसको अफेयर भन्दा ब्रेकअप बन्यो चर्चित ।

रणवीर कपुर र दीपिका पादुकोण

एक समय बलिउडको सबैभन्दा सुन्दर जोडीमा गनिन्थ्यो रणवीर र दीपिकाको जोडी । यी दुवै सम्बन्धको बिषयमा सिरियस पनि थिए । विवाहसम्म कुरो पुगेको थियो । तर ब्रेकअपमा पुगेर सम्बन्ध सकियो ।

विवेक ओवराय र ऐश्वर्य राय

सलमान खानसँगको ब्रेकअपपछि ऐश्वर्या विवेकसँग नजिकिएकी थिइन् । यी दुवैको रिलेसनसिप निकै चर्चामा पनि र्हयो । तर यी दुवैको सम्बन्ध लामो समय टिकेन । ब्रेकअपको खबरले झन् सननसनी मच्चायो ।

शाहिद कपुर र करिना कपुर

पर्दामा यी दुवैको जोडी जति सुन्दर देखिन्थ्यो । असल जीन्दगीमा पनि त्यस्तै होस् भन्ने चाहना धेरैको थियो । दुवैका बिच एक समय प्रेम पनि थियो । विवाहसम्म कुरो पुगेको यो जोडीको पनि ब्रेकअप भयो ।

रणवीर सिंह र अनुष्का शर्मा

बलिउडमा धेरै मन पराइएको जोडीमा पर्दछन् अुनुष्का र रणवीर । करिब तीन बर्ष दुवै रिलेसनसिपमा रहे । व्यक्तिगत कारणमा मनमुटाव बढेका कारण दुवैको ब्रेकअप भयो ।

जोन अब्राहम र विपासा बसु

जोन र विपासाको रिलेसनसिप करिब ९ बर्ष चल्यो । दुवैको विवाह हेर्न धेरैको इच्छा थियो । तर सबैको चाँहना लत्याउदै दुबैले ब्रेकअप लिए । बिपाशाको बिग्रदो चलचित्र करियरका कारण ब्रेकअप भएको समाचार बाँहिर छायो ।

विक्रम भट्ट र सुष्मिता सेन

पूर्वमिस युनिवर्स सुष्मिता सेनले खुलेरै निर्देशक विक्रम भट्टसँगको सम्बन्धको बारेमा बोलेकी थिइन् । तर, यो सम्बन्धपनि छोटो समयमै टुङ्गियो ।

सिद्धार्थ मल्होत्रा र आलिया भट्ट

पहिलो फिल्म ‘स्टुडेन्ट अफ द इयर’को सेटमा सिद्धार्थ र आलिया पहिलो पटक भेटेका थिए । त्यही दुवैको प्रेम टुसायो । लामो समयसम्म रिलेसनसिपमा रहे । तर दुवैको ब्रेकअफ भयो । यी दुवैको रिलेशनभन्दा ब्रेकअफ निकै चर्चाको बिषय बन्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *