Sajhamanch Archive

भेन्टिलेटर र आईसीयूका लागि प्रत्येक प्रदेशलाई २ करोड

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको जानकारी दिएका हुन् ।

उनले कोरोना संक्रमणको बढि जोखिम भएका जिल्लाका लागि सरकारले एमडी र एमएस पास गरेका चिकित्सक खटाएको पनि जानकारी दिए । प्रदेश २ मा मात्रै २३ जना स्वास्थ्यकर्मी पठाएको प्रमुख विशेषज्ञ पोखरेलले बताए ।

उनका अनुसार वीरगञजको नारायणी अस्पतालमा ११ जना गइसकेका छन् । गौर अस्पताल र जनकपुरमा जाँदैछन् । पोखरेलले एक साताभित्रै काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङमार्फत् ४० देखि ५० हजार स्वाब परीक्षणको तयारी सरकारले गरिरहेको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *