Sajhamanch Archive

नोबेल मेडिकल कलेजका ५५ स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत ५५ स्वास्थ्यकर्मीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । कलेजको इमर्जेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले राजीनामा दिएका हुन् ।

नोबेल मेडिकल कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक पाएका छैनन् । पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम भत्ता पाउनुपर्ने माग गरेका थिए ।तर व्यवस्थापनले माग पूरा नगर्ने बताएपछि सामूहिक राजीनामा दिएका हुन । 

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा बुझाएको पुष्टि गरे । कर्मचारीले पाँच हजार तलब वृद्धि गर्न माग गरेको तर व्यवस्थापनले चार हजार मात्र वृद्धि गर्न सक्ने बताएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *