Sajhamanch Archive

विश्वमा दुई करोड ४० लाख बढीलाई संक्रमण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by .

विश्वमा दुई करोड ४० लाख बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ३९ हजार पाँच सय २० जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या विश्वमा दुई करोड ४० लाख ४२ हजार पाँच सय २५ पुगेको हो । विश्वमा कोरोनाका कारण आठ लाख २२ हजार चार सय ८१ जनाको मृत्यु भएको छ । एकै दिन पाँच हजार आठ सय नौ जनाले ज्यान गुमाए ।

एक करोड ६५ लाख ९० हजार छ सय ४९ जना उपचारपछि निको भएर घर फर्किएको वाल्डोमिटरले जनाएको छ । ६६ लाख २९ हजार तीन सय ९४ जना उपचाररत रहेकोमा ६१ हजार सात सय १० जनाको अवस्था गम्भीर छ । अमेरिकामा ५९ लाख ५४ हजार छ सय ५२ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ३९ हजार २२ जना संक्रमित थपिए । एक लाख ८२ हजार तीन सय ५७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

३२ लाख ५१ हजार सात सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । २५ लाख २० हजार पाँच सय ६४ जना उपचार गराइरहेका छन् । ब्राजिलमा हालसम्म ३६ लाख ७४ हजार एक सय ७४ जनामा कोरोना देखिएको छ । एकै दिन ४६ हजार नौ सय ५९ जनामा संक्रमण पुष्टि भयो ।

कोरोनाका कारण एक लाख १६ हजार छ सय ६६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार दुई सय १५ जनाको ज्यान गयो । २८ लाख ४८ हजार तीन सय ९५ जना उपचारपछि कोरोना जितेर घर फर्किएका छन् । सात लाख नौ हजार एक सय १५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ को अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा हालसम्म ३२ लाख ३१ हजार सात सय ५४ जनामा कोरोना देखिएको छ । एकै दिन ६६ हजा आठ सय ७३ जना नयाँ संक्रमित थपिए । भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६६ को मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९ हजार छ सय १२ पुगेको छ ।

२४ लाख ६७ हजार दुई सय ५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सात लाख चार सय आठ सय ९० जनाले उपचार गराइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *