Sajhamanch Archive

चीनले आवाजभन्दा छिटो उड्ने विमान बनायो

Published: in विविधा by .

काठमाडौँ । सर्वशक्तिमान बन्दै गएको चीनले आवाजको गतिभन्दा ६ गुणा छिटो उड्ने विमानको सफल परीक्षण गरेको छ ।

ङकङ–२ वा स्टारी स्काई–२ नाम दिइएको उक्त हाइपर सोनिक विमानले परमाणू अस्त्रहरु बोक्न सक्ने र विश्वमा अहिले निर्माण गरिएको कुनै पनि एन्टी मिसाइल डिफेन्स सिस्टमलाई छल्न सक्ने बताइएको छ।

चीनको उत्तरपश्चिम क्षेत्रमा गत शुक्रबार विमानको परीक्षण उडान सम्पन्न भएको चाइना एकेडेमी अफ एरोस्पेस एरोडाइनामिक्सले जनाएको छ।

यो विमानको रफ्तार आवाजको गतिभन्दा ६ गुणाले धेरै छ। शुक्रबारको परीक्षणमा विमानले प्रति घण्टा ७ हजार ३४४ किलोमिटरको गति तय गरेको थियो।

यो विमानले एक सेकेण्डमा २ दशमलव शून्य ४ किलोमिटरको दूरी पार गरेको थियो। जुन आवाजको गतिभन्दा ५ दशमलव ९ गुणाले छिटो हो।

यो विमानलाई मल्टी स्टेज रकेटको माध्यमबाट परीक्षण उडानका लागि आकाशमा छाडिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *