Sajhamanch Archive

तोलाको ४ सयले घट्यो सुनको मूल्य, चाँदी कतिले ओर्लियो ?

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिनको तुलनामा बुधबार छापावाल सुन तोलाको ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन ४ सयले सस्तिँदा तेजाबी सुन पनि चार सयले नै घटेर तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय र तेजाबी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातादेखि सुन निरन्तर सस्तो बनिरहेको छ । गत साउन २३ गते तोलाको एक लाख ३ हजार ५ सयमा किनबेच भएर रेकर्ड कायम गरेको सुनको मूल्य भदौ ३ गते तोलाको १ लाख ४ सय रुपैयाँ पुगेर सुन सस्तो बन्‍न थालेको छ ।

सुनको मूल्य घट्दा आज चाँदी पनि तोलाको १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ कायम भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *