Sajhamanch Archive

झापामा १६ वर्षीया किशोरी बलात्कृत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

झापा । झापाको उत्तरी नगरपालिका अर्जुनधारामा मंगलबार साँझ एक किशोरी बलात्कृत भएकी छन् ।

शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा पुगेर जबरजस्ती बलात्कार गरेको बताइएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं.१ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा धाकधम्की दिएर किशोरीमाथि जबरजस्ती करणी गरिएको बताइएको छ ।अर्जुनधारा नगरपालिका वडा नं.३ स्थित शिविर घर भएकी युवतीलाई बलत्कार गरेको आरोपमा शनिश्चरे प्रहरी चौकीले दुई जनालाई पक्राउ गरेको छ ।

गस्तीमा रहेको टोलीले अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षीय विक्रम हास्दालाई पक्राउ गरेको हो ।

उनीहरु हेभ्भी सवारी चालक रहेको प्रहरीले जनाएको छ ।टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिर आएको थियो । किशोरीको भनाइका आधारमा प्रहरीले बाटोमा फर्किँदै गरेको अवस्थामा आरोपित दुई युवालाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी मुकुन्द रिजालका अनुसार किशोरीको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । यसअघि अर्जुनधाराकै शंकर हस्पिटलमा प्राथमिक उपचार गरिएको थियो । पक्राउ परेका युवालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको छ ।

स्रोत : न्यूज सञ्जाल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *