Sajhamanch Archive

इटहरीमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो

Published: in मुख्य समाचार, स्वास्थ्य by .

इटहरी । इटहरीमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ । पछिल्लो पटक थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको इटहरी उपमहानगरपालिकाका जनस्वास्थ्य नीरीक्षक घनश्याम सिग्देलले जानकारी दिए ।

संक्रमण पुष्टी भएको मध्ये इटहरी २ का १ जना ३८ वर्षिय पुरुष, इटहरी ५ का ३ जना २६ र ४२ वर्षिय पुरुष र ३४ वर्षिय महिला, इटहरी ९ का ३ जना २३ र २६ वर्षिय महिला र ६० वर्षिय पुरुष, इटहरी १२ का १ जना १५ वर्षिय महिला, इटहरी १४ का २ जना १२ वर्षिय महिला र ११ वर्षिय पुरुष रहेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *