४१९ सशस्त्र प्रहरीमा कोरोना संक्रमण,१७७ जना डिस्चार्ज
Published:
by .काठमाडौं । सशस्त्र प्रहरी बलमा कार्यरत ४१९ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा सबैभन्दा बढी वाग्मती प्रदेशका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार हाल प्रदेश १ मा १८, प्रदेश २ मा ६५, वाग्मती प्रदेशमा ११३, प्रदेश ५ मा ४३, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित छन् ।
त्यस्तै, हालसम्म १७७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।
Comments