Sajhamanch Archive

कोरोना संक्रमितलाई १४ दिनमा डिस्चार्ज गर्न मन्त्रालयको निर्देशन

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितको १० दिनमा पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएमा थप चार दिनमा बिनापरीक्षण डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार लक्षण नभएका वा सामान्य लक्षण नभएका सामान्य लक्षण भएर अस्पताल भर्ना भएका संक्रमितहरुलाई १० दिनमा पीसीआर परीक्षण गरेर नेगेटिभ भएमा होम आइसोलेनमा पठाउने र पोजेटिभ देखिएमा थप चार दिन अस्पताल राखेर बिना परीक्षण डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन गरिएको छ ।

अस्पतालमा १४ दिनभन्दा बढी समय संक्रमितलाई राखेमा सरकारले शोधभर्ना नगर्ने उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *