Sajhamanch Archive

कोरोना परीक्षणको रिपोर्ट अब १२ मिनेटमै

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं  । स्कटल्यान्डमा कोरोना परीक्षणको रिपोर्ट अब १२ मिनेटमा आउने भएको छ ।
यसका लागि स्कटल्यान्ड सरकारले लुमिराडिएक्स कम्पनीसँग सम्झौता गरिसकेको छ भने ३०० र्यापिड टेस्टिङ मेसिन र ५ लाख नमुना परीक्षणका लागि ६७ लाख पाउन्ड डलर खर्च गर्ने भएको छ ।

स्वास्थ्य उपकरण बनाउने लुमिराडिएक्स कम्पनीले अब स्टरलिङस्थित आफ्नो कारखानामा विशेष परीक्षण मेसिन बनाउनेछ। जसलाई सजिलै एक ठाउँबाट अर्को ठाउँमा लान सकिनेछ ।

कोरोना परीक्षणको मान्यता अमेरिकाको फेडलर ड्रग एडमिनेस्ट्रेसनले दिन्छ र अहिले स्कटल्यान्ड र युरोप यो प्राप्तीको अन्तिम चरणमा छन् ।

स्कटल्यान्ड सरकारका मन्त्री इवान म्याक्की भन्छन्, ‘लुमिराडिएक्ससँग जुन सम्झौता भएको छ, यसअन्तर्गत उसले हामीलाई १२ मिनेटमा कोरोना परीक्षणको रिपोर्ट आउने स्वास्थ्य उपकरण उपलब्ध गराउने छ । जुन कोरोना महामारीविरुद्धको युद्धमा महत्वपूर्ण हुनेछ ।’

लुमिराडिएक्स कम्पनीका प्रमुख एग्जीक्युटिभ रन ज्वानजिगरका अनुसार उक्त मेसिनले कोरोनाको रिपोर्ट छिटै दिने मात्र होइन, नतिजा सही निकाल्नेछ र यसआधारमा चिकित्सकले बिरामीको उपचार चाँडै गर्न सक्नेछन् । बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *