Sajhamanch Archive

कोरोना सङ्क्रमणबाट गर्भवतीसहित थप ६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपालमा आज कोरोना सङ्क्रमणका कारण गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ ।

आज पर्सामा तीन बुटवलमा दुई तथा पोखरामा एकजना गरी थप ६ जनाको मृत्यु भएको हो ।

बाराको हर्दिया -४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीका ६२ वर्षका पुरुषको उपचारका क्रममा नारायणी अस्पतालमा ज्यान गएको हो ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकी नगरकी ७० वर्षकी वृद्ध र कपिलवस्तु नगरपालिका-१ का ५० वर्षका पुरुषको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिए ।

यस्तै कास्कीको पोखरा महानगरपालिका-११ की ३२ वर्षकी महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रतिष्ठानका निर्देशक सह-प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । यसैगरी योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *