Sajhamanch Archive

आज राति १२ बजेदेखि फिदिम बजार एक साताका लागि बन्द

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले आज राति १२ बजेदेखि एक साताका लागि अत्यावश्यक बाहेक सबै पसल बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार तीन प्रहरीसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएपछि फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेक सबै बजार पसल बन्द गर्ने निर्णय गरेको नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले जानकारी दिए ।

कोरोनाको संक्रमण बढ्दै गएकाले अति आवश्यक नपरी हिँड्डुल नगर्न तथा बजार पसल नखोल्न नगरपालिकाले अपिल गरेको छ । यस्तै जिल्लामा शुक्रबारदेखि एक हप्ताको लागि अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *