Sajhamanch Archive

मोरङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

विराटनगर । मोरङको गछियामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना २९ प ६९५२ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं.६ गछियामा बाटो क्रस गर्दै गरेको साइकललाई मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

मोटरसाइकलले ठक्कर दिँदा साइकल चालक सुन्दहरैंचा–६ का २८ वर्षीय नवराज बराइली र पछाडि सवार ४५ वर्षीय डम्बर श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइतेमध्ये श्रेष्ठलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याइपु¥याएपछि चिकित्सकले मध्यान्ह १२ बजे मृत घोषित गरेका हुन् ।

दुर्घटनामा परेर मोटरसाइकल चालक बाराको सिमरा–८ का ४५ वर्षीय राजकुमार पुलामी मगर पनि गम्भीर घाइते भएका छन् । घाइते अवस्थाका साइकल चालक बराइली र मोटरसाइकल चालक मगरको विराट नर्सिङमै उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *