Sajhamanch Archive

झापामा करेन्ट लागेर महिलाको मृत्यु

Published: (Updated: ) in समाज by .

झापा । झापाको अर्जुनधारामा करेन्ट लागेर बुधबार अपराह्न एक महिलाको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं.३ निवासी २४ वर्षीय अन्जना राईलाई आफ्नै घरमा पंखा चलाउने क्रममा करेन्ट लागेको थियो ।

 अपराह्न साढे चार बजे करेन्ट लागेका उनको उपचारका क्रममा बिएन्डसी हस्पिटलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *