Sajhamanch Archive

गौरीगञ्जमा निषेधाज्ञा खुला, व्यवसाय ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by .

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकामा जारी गरिएको निषेधाज्ञा खुलेको छ ।

गाउँपालिकाको सिसिएमसी (कोभिड १९ आपतकालिन कार्य सञ्चालन केन्द्र ) को विहीबार बसेको वैठकले निषेधाज्ञा खुलाउन जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेको छ ।।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेको रूबी डिपार्टमेन्टका सञ्चालक ३० वर्षीय पुरूष संक्रमितको सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जारी गरिएको निषेधाज्ञा विहीबार राती १२ बजे देखि खुलाउने निर्णय भएको हो ।

समुदायस्तरमा गौरीगञ्ज कोरोना संक्रमण फैलिएको भन्दै गाउँपालिकाले भदौ ४ गतेबाट निषेधाज्ञा जारी गरेको थियो ।
बैठकले भोली शुक्रबार विहान ७ बजेदेखि १२ बजेसम्म स्थायी पसल, विहान १० बजेदेखि २ बजेसम्म वैंक तथा वितिय संस्थाहरू खुलाउने निर्णय गरेको छ ।

स्थायीरूपमा रहेका पसलहरू ७ बजेदेखि १२ बजेसम्म मात्र खोल्न पाउने यस बाहेकको समयमा पसल खोलिए पहिलो पटक २ हजार, दोस्रो पटक खोलिएका पाइए ५ हजार र तेस्रो पटक पसल खोलेको पाइएमा १० हजार रूपैयाँसम्म जरिवाना लिने बैठकले निर्णय गरेको छ ।

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष तथा सिसिएमसीका संयोजक बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेको बैठकबाट उत्तm निर्णयहरू भएको हो ।

बैठकले गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेको रूवी डिपार्टमेन्ट र तीन कै अर्को पसल अर्को सुचना नआउञ्जेलसम्मका लागि बन्द रहने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *