Sajhamanch Archive

धनकुटामा एक साता थपियो निषेधाज्ञा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

धनकुटा । धनकुटा जिल्लामा जारी निषेधाज्ञा आगामी भदौ १७ गतेसम्म थपिएको छ। जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी) को बिहीबारको बैठकले यो निर्णय गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी विमलीले जिल्लामा कोरोना संक्रमितको सम्पर्कमा आएकाको पहिचान गरी परीक्षण गर्ने काम भइरहेकाले समुदायस्तरमा नफैलिओस् भनेर निषेधाज्ञा गर्नुपरेको जानकारी दिए। उनले जिल्लाका छिमेकी जिल्लाहरुमा पनि कोभिड-१९ समुदायस्तरमा फैलिरहेकाले पनि निषेधाज्ञा लम्ब्याउनुपरेको जनाए।

जिल्लामा निषेधाज्ञा थप गरिएको भए पनि बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सबै प्रकारका पसल सुरक्षा सावधानी अपनाएर खोल्न पाइने निर्णय जिल्लास्तरीय कोभिड जोखिम व्यवस्थापन समितिले गरेको छ। यसअघि भने सो समयमा खाद्यान्न र तरकारीका पसल मात्रै खोल्न पाइने गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *