Sajhamanch Archive

रगतको अभाव भयो, आवश्यक सावधानी अपनाएर रक्तदान गरौँ’

Published: in राष्ट्रिय समाचार, समाज by .

झापा । रगतको अभाव बढ्दै गएपछि सरकारले सुरक्षा सावधानी अपनाएर रक्तदान गर्न आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल अन्तर्गतको राष्ट्रिय रक्तसञ्चार ब्यूरोले  सार्वजनिक सूचना निकालेर रगतको अभाव भएकाले रक्तदानका कार्यक्रमलाई नियमित गर्न आग्रह गरेको हो ।

बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन निकै कठिन भएकाले आवश्यक सावधानी अपनाएर सबै रक्तदाताले रगत दान गर्न सूचनामा आग्रह गरिएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको छैन । महामारीका बेला कसरी नियमित कार्यक्रमलाई अगाडि बढाउने भन्ने विषयमा छलफल र तयारी नहुँदा बिरामीले सजिलै रगत पाउन छोडेका छन् ।

कोरोनाको संक्रमण समुदायस्तरमा नै फैलिसकेकाले कसरी र कसले रगत दान गर्ने भन्ने अन्यौल बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *