Sajhamanch Archive

सुन ९६ हजार ९०० सय रुपैयाँमा झर्‍यो, चाँदीको भाउ कति ?

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । यस साता निरन्तर घटेको सुनको भाउ शुक्रबार पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज  तोलामा ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ९ सय रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९७ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलामा ९६ हजार ४ सय कायम भएको छ । बिहीबार तोलाको ९७ हजार १ सय तोकिएको थियो ।

यसैगरी चाँदी पनि तोलामा ५ रुपैयाँले झरेर १३४० कायम भएको महासंघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *