Sajhamanch Archive

प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणमुक्त भएर २० जना डिस्चार्ज भएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार सुनसरीमा ४१, मोरङ र झापामा १४-१४, संखुवासभामा दुई, पाँचथरमा एक र प्रदेश १ बाहिरका दुई जना रहेका छन् । सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुष, धरानमा पाँच महिला र चार पुरुष, इटहरीमा पाँच पुरुष, देवानगञ्जमा दुई महिला र दुई पुरुष, कोसी गाउँपालिकामा तीन पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा दुई महिला, पाँच पुरुष, लेटाङमा एक महिला, दुई पुरुष, सुन्दरहरैँचा र रंगेलीमा दुई-दुई पुरुषमा संक्रमण देखिएको हो ।

त्यसैगरी झापाको कमल गाउँपालिकामा दुई महिला र सात पुरुष, मेचीनगरमा तीन पुरुष, हल्दीबारीमा एक पुरुष, शिवसताक्षीमा एक महिला, संखुवासभाको पाँचखपनमा एक पुरुष, खाँदबारीमा एक महिला, पाँचथरको फाल्गुनन्दमा एक पुरुष र प्रदेश १ बाहिरका एक महिला र एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट दुई जना डिस्चार्ज भएका छन् । प्रदेशमा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *